ब्लड क्यान्सर पीडित महराबाट सहयोगको अपिल, राज्यमन्त्री यादवले बुझिन् स्वास्थ्य अवस्था

समाचार


काठमाडौँ, ३ असार । शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमाया यादवले ब्लड क्यान्सर पीडित संजय महराको उपचारमा कमी नगर्न अस्पताल प्रशासनलाई निर्देशन दिएकी छन् ।

धनुषा रघुनाथपुरका संजय महराको स्वास्थ्य अवस्था बुझ्न शुक्रबार महाराजगञ्जस्थित शिक्षण अस्पताल पुगेकी राज्यमन्त्री यादवले महराको उपचारमा कुनै कमी नगर्न अस्पताल प्रशासनलाई निर्देशन दिएकी हुन् ।

उनले महराको निःशुल्क उपचारको बन्दोबस्त मिलाउन आफूले पहल गर्ने पनि विश्वास दिलाएकी छन् ।

क्यान्सर रोग पीडित महराले आर्थिक अवस्था अत्यन्तै जर्जर रहको भन्दै जीवन बचाइदिनका लागि सबैसँग अपिल गरेका छन् ।

सहयोगका लागि सम्पर्क नम्बर 9813042759 रहेको छ । 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ