महोत्तरीमा मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु

समाचार

महोत्तरी, ५ असार । महोत्तरीको गौशालामा मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा गौशाला नगरपालिका–४ मगरटोलका ५० वर्षीय गणेशबहादुर थापामगरको मृत्यु भएको हो । 

गौशाला बजारबाट साइकलमा घर जाने क्रममा सोही दिशाबाट बर्दिबासतिर जाँदै गरेको ज. १० प २०६६ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते भएका थापाको प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ । फरार मोटरसाइकल चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ