मधेशी आयोगका अध्यक्षद्वारा नेपाल–भारत सीमाको निरीक्षण

समाचार

कपिलवस्तु, ५ असार । मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले लुम्बिनी प्रदेशको कपिलवस्तु जिल्लामा रहेको मर्यादपुरस्थित नेपाल–भारत सीमाको निरीक्षण गरेका छ्न् ।

सीमा निरीक्षण पश्चात अध्यक्ष डा.दत्तले त्यहाँका स्थानीय वासिन्दाहरुसँग समस्याहरुको बारेमा समेत जानकारी लिएका हुन् ।

सो निरीक्षणको क्रममा अध्यक्ष डा.दत्तलाई स्थानीय वासिन्दाहरुले मलको समस्या मुख्य रहेको बताएका थिए ।

सो निरीक्षणमा यशोधारा गाउँपालिकाका अध्यक्ष, वडा अध्यक्षहरु, सुरक्षाकर्मी लगायतले अध्यक्ष डा.दत्तलाइ समग्र वस्तुस्थितिको बारेमा जानकारी गराएका थिए ।

अध्यक्ष डा.दत्तले सीमामा जनतालाई समस्या हुन नदिन तथा गलत क्रियाकलापमा रोक लगाउम स्थानीय सुरक्षा निकायलाई निर्देशन दिए ।
सो निरीक्षणमा आयोगको सदस्य विजय गुप्ताको पनि उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ