नागरिकता विधेयक पारित गर्न माग गर्दै तमलोपाले बुझायो ज्ञापन

समाचार

जनकपुरधाम, ५ असार । वृषेश चन्द्र लाल नेतृत्वको तराई–मधेश लोकतान्त्रिक पार्टीले नागरिकता विधेयक पारित गर्न माग गर्दै संघीय संसदलाई ज्ञापनपत्र बुझाएको छ ।

तमलोपाले आइतबार मधेश प्रदेशको प्रदेशसभा सचिवालयमार्फत् संघीय संसदका सभामुखलाई नागरिकता ऐन, २०६३ पहिलो संशोधन हुन संसदीय प्रक्रिया अगाडि बढाउन माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।

नेपालको नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकलाई अगाडि बढाउन आवश्यक पहल गरिदिई नागरिकता सम्बन्धी समस्याको निराकरणतर्फ पाइला चाल्न तमलोपाले माग गरेको हो ।

यस्तो छ ज्ञापनपत्रः

 
 
 
 
 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ