वीरगन्ज, ५ असार । वीरगन्ज महानगरपालिकामा भइरहेको पटक–पटक अनियमित लोडसेडिङ्गविरुद्ध लोकतान्त्रिक समाजवादी पार्टी नेपाल वीरगन्ज महानगर कमिटीले विरोध प्रदर्शन गरेको छ ।
आइतबार लोसपा वीरगन्ज महानगर समितिका अध्यक्ष ओमप्रकाश सर्राफको नेतृत्वमा विरोध प्रदर्शन भएको छ ।
विद्युत प्राधिकरणले पटक पटक अनियमति लोडसेडिङ्ग, अनावश्यक विद्युत कटौती, भोल्टेज फ्लुक्चुएसन एवं प्राधिकरणको विरुद्धमा लोसपाले पुनः धर्ना र प्रदर्शन गरेको लोसपा वीरगन्ज महानगरका अध्यक्ष सर्राफले बताएका छन् ।
विरोध प्रदर्शनमा सहभागीहरुले कुलमान घिसिङ्ग खबरदार, जनतालाई दुःख दिन पाईदैन, विद्युत कटौती बन्द गर लगायतका प्लेकार्डसहित प्रदर्शन गरेका हुन् ।
तपाईको प्रतिक्रिया