काठमाडौँ, ५ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई कारबाही गर्न माग गरिएको छ ।
मन्त्री आलेले अपशब्द बोलेको भन्दै कारबाहीको माग गरिएको हो । संघीय संसद सचिवालयमा आइतबार उनलाई कारबाहीको माग गर्दै उजुरी परेको हो ।
अधिवक्ताद्वय किशोर पौडेल र अनुपम भट्टराई तथा कानुनकी विद्यार्थी रेजिना पौड्यालले उजुरी दिएका हुन् ।
तपाईको प्रतिक्रिया