सर्लाही, ५ असार । सर्लाहीको हरिवनमा लाखौँ रकमसहित ६ जुवाडे पक्राउ परेका छन् ।
प्रहरीले हरिवन नगरपालिकास्थित एक घरबाट आइतबार साँझ उनीहरूलाई पक्राउ गरिएको हो ।
जुवा खेलिरहेका उनीहरूका साथबाट ठूलो रकम बरामद भएको प्रहरी श्रोतले जनाएको छ । तर, प्रहरीले पूर्ण विवरण सार्वजनिक गरेको छैन ।
स्थानीयका अनुसार उक्त घरमा लामो समयदेखि जुवा सञ्चालन हुँदै आएको थियो ।
तपाईको प्रतिक्रिया