पेट्रोलियम पदार्थको मूल्यमा अत्यधिक वृद्धि, पेट्रोलको मूल्य १९९ पुग्यो

समाचार

काठमाडौँ, ५ असार । पेट्रोलियम पदार्थको पुन: मूल्यवृद्धि भएको छ । 

आज राति १२ बजेदेखि लागू हुने गरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो ।

निगमले डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्य वृद्धि गरेको हो ।

यससँगै एक लिटर पेट्रोलको मूल्य १९९ रुपैयाँ पुगेको छ । यसैगरी एक लिटर डिजेल र मट्टीतेल किन्न १९२ रुपैयाँ तिर्नुपर्ने छ ।

निगमले हवाई इन्धनमा पनि आन्तरिक तर्फ १९ रुपैयाँले वृद्धि गरी १८५ रुपैयाँ प्रतिलिटर पुर्‍याएको छ । 

निगमले एलपी ग्यासको खुद्रा मूल्य भने हाललाई यथावत नै राखिएको जनाएको छ ।

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ