कपिलवस्तुमा पहिराले बगाउँदा दुई भारतीय नागरिक बेपत्ता

समाचार

कपिलवस्तु, ६ असार । कपिलवस्तुको शिवराज नगरपालिका–१ मा पर्ने धानखोलामा पहिराले बगाउँदा दुई जना भारतीय बेपत्ता भएका छन् ।

प्युठानको स्वर्गद्वारीबाट दर्शन गरी  लु. २ ख २७१६ नम्बरको गाडीबाट फर्किँदै गरेका उनीहरूलाई गाडीबाट झरेर खोला तर्ने क्रममा पहिराले बगाएको हो ।

भारतको सिद्धार्थनगर जिल्ला बस्ने वर्ष १७ का निखिल कौशाल र वर्ष १८ सुरज सोनी बेपत्ता भएका छन् । 

उनीहरूको खोजीकार्य जारी रहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक कपिलजङ्ग शाहीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ