सार्वजनिक यातायातको भाडादर वृद्धि (सूचीसहित)

समाचार

काठमाडौँ, ६ असार । यातायात व्यवस्था विभागले सार्वजनिक गाडीको भाडा बढाएको छ ।

पेट्रोलियम पदार्थको मूल्य बढेपछि विभागले अधिकतम ७.७ प्रतिशतसम्म भाडा बढाएको हो ।

विभागले स्वचालित प्रणाली बमाेजिम दुई वा सोभन्दा बढी प्रदेश भई सञ्चालन हुने सार्वजनिक यातायातको भाडादर वृद्धि गरेको छ ।

जसअनुसार यात्रुबाहक सवारीमा ५.३० प्रतिशत बढाइएको छ । त्यस्तै, पहाडमा सञ्चालन हुने मालबाहक गाडी भाडादरमा ६.९४ प्रतिशत र तराईमा सञ्चालन हुने मालबाहक गाडी भाडादरमा ७.७ प्रतिशत वृद्धि गरिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ