मोरङ, ६ असार । बुढीगंगा गाउँपालिका–६ बस्ने ३२ वर्षीय बिनोद चौधरीको सुनसरी दुहबी नगरपालिका–३ स्थित डेरा कोठाबाट चाईनिज पेस्तोल १ थान, सोको म्याग्जिन १ थान र गोली १ राउण्ड आइतबार बिहान प्रहरीले बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले बिनोदलाई चोरी मुद्दामा नियन्त्रणमा लिई थप अनुसन्धानको क्रममा उनको डेरा कोठा तलासी गर्दा उक्त हातहतियार फेला परेको हो ।
तपाईको प्रतिक्रिया