वीरगन्जमा अन्तर्राष्ट्रिय योग शिविर सम्पन्न

समाचार

वीरगन्ज, ६ असार । वीरगन्जस्थित रहेको भारतीय महावाणिज्य दूतावासले आजादीको अमृत महोत्सवको अवसरमा अन्तर्राष्ट्रिय योग शिविर सम्पन्न गरेको छ ।

वीरगन्जको आदर्शनगर रंगशालामा भएको योग महोत्सवमा भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत नितेश कुमार, वाणिज्यदूत शशी भुषण कुमार र पर्साका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले संयुक्त रुपमा योग कार्यक्रमको उद्घाटन गरेका थिए ।

उद्घाटनको क्रममा महावाणिज्यदूत नितेश कुमारले आजदेखि ५ हजार वर्ष पहिले योगको उत्पत्ति नेपालबाट भएको बताएका थिए ।

नेपाल र भारतको सम्बन्धलाई बलियो बनाउनका लागि पनि यो योग शिविर देशका विभिन्न सहरहरुमा सञ्चालन भइरहेको पनि जानकारी दिए । स्वास्थ्यको लागि योग महत्त्वपूर्ण रहेको पनि उनले बताए ।

वीरगन्जको आदर्शनगर रंगशालामा भएको योगा कार्यक्रममा योगा धिरेन्द« सिंहले सबै आमन्त्रित अतिथिहरु गराएका थिए । योग शिविरमा विभिन्न संघ संस्था, विद्यालयका छात्र छात्रा लगायतले कार्यक्रमा भाग लिएका थिए ।

भारतीय महावाणिज्य दुतावास वीरगन्जले विभिन्न समयमा विद्यालयहरुलाई प्रतिस्पर्धा गराएकोमा साउथ जोन मा.वि, दिल्ली पब्लिक स्कुल, ज्ञान्डा मा.वि. लगायत दर्जनौ स्कुलका उत्कृष्ट भएका विद्यार्थीहरुलाई योगा कार्यक्रम सम्पन्न पश्चात कदर पत्र दिइ दुत नितेश कुमारले सम्मान गरेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ