सप्तरीमा भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

समाचार

सप्तरी, ६ असार । सप्तरीमा भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । 

सोमबार राजविराज नगरपालिका–९ बिहारपुरमा करेन्ट लागेर एक महिलाको ज्यान गएको हो । मृत्यु हुनेमा ३० वर्षीया रुमी खातुन छिन् । 

आफ्नै घरमा मोटर चलाइ लुगा धुने क्रममा खातुनलाई करेन्ट लागेको थियो । गम्भीर घाइते उनको गजेन्द्रनारायण सिहं अस्पताल राजविराजमा उपचारका  क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

त्यस्तै तिलाठी कोइलाडी गाउँपालिका–६ मधेपुराका पाँच वर्षीय विजयकुमार मण्डलको डुबेर ज्यान गएको छ । घरदेखि १०० मिटर टाढा खेल्ने क्रममा कल्भटमा जमेको पानीमा डुबेर उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिएका छन् । 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ