वरिष्ठ पत्रकार धर्मेन्द्र झा राससको कार्यकारी अध्यक्षमा नियुक्त

समाचार

काठमाडौँ, ६ असार । सरकारले राष्ट्रिय समाचार समिति (रासस) को कार्यकारी अध्यक्षमा वरिष्ठ पत्रकार धर्मेन्द्र झालाई नियुक्त गरेको छ ।

मन्त्रिपरिषद्को आज साँझ बसेको बैठकले वरिष्ठ पत्रकार झालाई चारवर्षे कार्यकालका लागि राससको कार्यकारी अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय अध्यक्षसमेत रहेका झाले २०४३ सालदेखि पत्रकारिता सुरु गरेका हुन् ।

पत्रकार झा नेपाली पत्रकारितामा अनुभवी प्रशिक्षक र सूचनाको हकको राष्ट्रिय अभियन्तासमेत हुन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ