सर्लाही, ७ असार । सर्लाहीको कबिलासीमा एक जनाको हत्या भएको छ ।
धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा मंगलबार कबिलासी नगरपालिका–८ अगर्वाका २४ वर्षीय अमरेन्द्र ठाकुरको शव फेला परेको हो ।
उनको शव रगतले लतपतिएको अवस्थामा गाउँकै बाँस झाडीनजिक फेला परेको छ ।
स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।
तपाईको प्रतिक्रिया