कपिलवस्तु नगरपालिकाका युवा मेयर सुदिप पौडेलद्वारा कडा निर्देशन

समाचार

इमरान खान, कपिलवस्तु, ७ असार । दुर्घटना बढेको भन्दै कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले तौलिहवाको गौढी चोकदेखि भवानी भिक्षु चोकसम्म रहेको डिभाइडर र सोलार बत्तीको पोल हटाउन निर्देशन दिएका छन् ।

गत असार ५ गते गौढी चोकमा बाटो साघुरो हुँदा टिप्परको ठक्करबाट भिक्षु चोकका एक जना साइकलयात्रीको मृत्यु भएको थियो ।

सो घटनापछि स्थानीयबासी आक्रोशित बनेपछि मेयर पौडेल, प्रजिअ धर्मेन्द्र मिश्रा, प्रहरी उपरीक्षक दान बहादुर कार्की, सडक पुर्वाधार कार्यालय शिवपुरका प्रमुख बिष्णु लामासहितको टोलीले सोमबार स्थलगत अनुगमन गरेको थियो ।

टोलीले बाटो क्षेत्रमा अतिक्रम गरेको सबै संरचना र सामान हटाउन निर्देशन गरेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ