जनकपुरधामस्थित एक रेष्टुरेन्टमा आगलागी

समाचार

जनकपुरधाम, ७ असार । जनकपुरधामस्थित बाँसबारी रेष्टुरेन्ट एन्ड क्याफेमा आगलागी भएको छ ।

मंगलबार बिहान भएको आगलागीबाट क्याफेमा करिब २० लाखको क्षति भएको छ ।

सुकरबारी बजारनजिकै मसाला कटेजसँगै टाँसिएर यो क्याफेमा अचानक आगलागी हुँदा क्याफेभित्र रहेका सम्पूर्ण समान जलेर नष्ट भएको धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

विद्युत् सर्ट भई आगलागी भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । बारुणयन्त्र र सुरक्षाकर्मीको प्रयासमा आगो नियन्त्रणमा आएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ