रवि लामछानेले घोषणा गरे ‘राष्ट्रिय स्वतन्त्र पार्टी’, चुनाव चिन्ह ‘घण्टी’

समाचार

काठमाडौं, ७ असार । नेपालको राजनीतिक वृत्तमा एउटा नयाँ दलको घोषणा भएको छ । सञ्चारकर्मी रवि लामिछानेले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ घोषणा गरेका छन् ।

काठमाडौंमा मंगलबार घोषणा सभा आयोजना गरी लामिछानेको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरिएको छ ।

आगामी प्रदेश र संघको चुनावलाई मध्यनजर गर्दै नयाँ दल घोषणा गरिएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह ‘घण्टी’ समेत सार्वजनिक गरिएको छ ।

अन्य दलहरुबाट निराश भइसकेकाहरुलाई यो राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध हुन देशभरिका क्षमतावान युवाहरुलाई विशेष रुपमा लामिछानेले आह्वान गरेका छन् ।

निर्वाचन आयोगमा आजै दल दर्ता गर्नेसमेत घोषणा गरेका छन् । साथै राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयसमेत आजै उद्घाटन गर्ने उनले जनाएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ