कञ्चनपुरमा मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु

समाचार

कञ्चनपुर, ७ असार । कञ्चनपुरको पुनर्बास नगरपालिकामा मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

पुनर्बास–६ टाउनका दुई वर्षीय मनिष रानामगरको मृत्यु भएको हो । 

तीव्र गतिमा गुडिरहेको मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक नरेशराज मल्लले जानकारी दिए ।

यूपी ३१ के ८१३० नम्बरको भारतीय नम्बरको मोटरसाइकलले रानामगरलाई ठक्कर दिएको हो । 

रानामगरको उपचारका क्रममा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सडक छेउमा खेलिरहेका बालकलाई ठक्कर दिएर उनी फरार भएका थिए । उनी नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ परेको मल्लले जानकारी दिए । 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ