प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारी सुरु

समाचार

काठमाडौं, ९ असार । निर्वाचन आयोग नेपालले आगामी मंसिरको पहिलो सातासम्म प्रदेश र संघीय निर्वाचन गर्ने गरी तयारी थालेको जनाएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आसन्न प्रदेश र संघको निर्वाचन आगामी मंसिर महिनाको पहिलो सातासम्म गर्ने गरी आयोगले आन्तरिक तयारी थालेको बताएका हुन् ।

उनले आयोगले एकै चरणमा निर्वाचन गर्दा मंसिरको पहिलो सातासम्म निर्वाचन गर्ने गरी आन्तरिक तयारी गरेको पनि बताए ।

प्रवक्ता पौडेलले आयोगले सरकारलाई निर्वाचन कानुनबमोजिम दिएको परामर्शमा सरकारले निर्वाचन मिति घोषणा गर्ने भएकोले आयोगले आन्तरिक तयारी गरिरहेको पनि स्पष्ट पारे ।

एकै चरणमा निर्वाचन गर्दा मंसिरको पहिलो सातासम्म निर्वाचन गर्ने गरी आयोगले आन्तरिक तयारी गरेको छ ।

यस सम्बन्धमा आयोगले सरकारलाई निर्वाचन कानुनबमोजिम आयोगको परामर्शमा सरकारले निर्वाचनको मिति घोषणा गर्ने भएकोले आयोगले परामर्श गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ