बुटवलको नीति तथा कार्यक्रम प्रस्तुत

समाचार

रुपन्देही, ९ असार । ‘एक वडा एक पहिचान’ कार्यक्रमलाई प्राथमिकतामा राख्दै बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९÷०८० का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।

नीति तथा कार्यक्रममा बुटवलका ६ वटा वडालाई ग्रिन सिटी र वडा नम्बर १४ देखि १९ सम्मका वडालाई कृषि, पशुपालन तथा हरियाली प्रवर्द्धनसँग सम्बन्धित पूर्वाधार विकासका कार्यक्रम सञ्चालन गरिने उल्लेख छ ।

बुधबार नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख खेलराज पाण्डेयले बुटवलको ऐतिहासिक पहिचान नमेटिने गरी विकास गर्ने योजना बनाएको बताए ।

सहरी पूर्वाधार विकासतर्फ एकीकृत खानेपानी वोर्डको स्थापना गर्ने, तिनाउ जलाधार क्षेत्रको गुरुयोजना तयार गरी बोटङ गर्ने र दुबैतर्फ रात्रिकालीन बजार तथा वाकिङ वे निर्माण गर्न पहल गर्ने, अव्यवस्थित रहेका टेलिफोन तथा केवलका तारहरूलाई व्यवस्थित गर्ने कार्यक्रम छ ।

ज्योतिनगर, लक्ष्मीनगर चुरे पहाडको भू–क्षय भएको क्षेत्रबाट माटो कटान गरी पार्क र खेलकूद क्षेत्र बनाउन संघ र प्रदेश सरकारसँग सहकार्य गर्ने, सुखौरा खोला किनारमा हरियालीसहित पैदल मार्ग निर्माण गर्ने उल्लेख छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ