नागरिकता विधेयक अघि बढाउन सांसदहरूको माग

समाचार

काठमाडौँ, १० असार । राष्ट्रियसभाको बैठकमा सांसदले नागरिकतासम्बन्धी विधेयक शीघ्र अघि बढाउने गरी प्रक्रिया सुरुआत गर्न सरकारसँग आग्रह गरेका छन् । 

आजको बैठकमा सांसद जितेन्द्रनारायण देवले संविधानमा रहेको नागरिकतासम्बन्धी व्यवस्थाका विषयमा सहमति गरी विधेयक अघि बढाउन सरकारसँग आग्रह गरे । उनले भने, 'संविधानमा भएको व्यवस्था बाझिने गरी कानुन बनाउनु हुँदैन ।'

सांसद रामचन्द्र राईले नागरिकतासम्बन्धी विषय जनताको दैनिकीसँग जोडिएको विषय भएकाले यससम्बन्धी विधेयक सदनमा प्रस्तुत गर्न माग गर्दै ढिलै भए पनि गृहमन्त्रालयले यस सम्बन्धमा पहल गरेकामा सरकारलाई धन्यवाद दिए ।

सांसद सुरेशकुमार आलेमगरले नागरिकसम्बन्धी विषय संवेदनशील विषय भएकाले यसमा सबै दलबीच सहमति गरी शीघ्र कानुन निर्माणमा जुट्नुपर्ने धारणा व्यक्त गरे ।

उनले संविधानमा व्यवस्था भएको आमाको नामबाट नागरिकता दिने विषय कार्यान्वयनमा भएको ढिलाइप्रति सरकारको ध्यानाकर्षण गराए ।

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ