संवेदनशील अंगमा लुकाई ल्याएको अवैध लागूऔषधसहित युवक पक्राउ

समाचार

कैलाली, १० असार । टीकापुर नगरपालिका–९ खक्रौलाबाट ६ सय ६० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ र ५ पिस नाईट्राभेटसहित एक युवक पक्राउ परेका छन् ।

सोही नगरपालिका–३ कटानपुर बस्ने २९ वर्षीय सागर कुमार बिकलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

से.३ प ३१२१ नम्बरको मोटरसाइकलमा सवार सागर कुमारलाई खक्रौलास्थित चेकपोष्टमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा आफ्नो संवेदनशील अंगमा लुकाई ल्याएको उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ