बाँके, १० असार । नेपालगञ्ज उपमहानगरपालिका–१ नन्दनी मिलको कम्पाउण्डबाट अवैध रुपमा भन्सार छलि ल्याउँदै गरेको सामान बरामद भएको छ ।
भारतबाट ल्याएको ५ सय २० बोरा चिनी र ५१ बोरा बोडीको दाल गरी करिब १९ लाख २७ हजार रुपैयाँ बराबरको सामान प्रहरीले बरामद गरेको हो ।
उक्त कम्पाउण्डमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त सामान फेला पारी बरामद गरेको प्रहरीले जनाएको छ ।
बरामद सामानहरू आवश्यक कारबाहीको लागि भन्सार कार्यालय नेपालगञ्ज बाँके पठाइएको हो ।
तपाईको प्रतिक्रिया