पर्सा प्रशासन कार्यालयमा हेल्पडेक्स स्थापना

समाचार

पर्सा, ११ असार । पर्सा जिल्ला प्रशासन कार्यालयले अनलाइनमार्फत राष्ट्रिय परिचय पत्र विवरण गर्न हेल्पडेक्स स्थापना गरेको छ ।

हेल्पडेक्समार्फत सेवाग्राहीका लागि निःशुल्क रूपमा राष्ट्रिय परिचय पत्रका लगि विवरण भर्ने कार्य प्रारम्भ गरिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिएका छन् । विवरण फारम भर्न सेवाग्राहीबाट अस्वभाविक रूपमा शुल्क लिई साइबर कप्युटर र स्टेशनरी पसलहरूले अनलाइन फारम भरेको गुनासो आएपछि प्रशासनले यस्तो व्यवस्था गरेको हो ।

जिप्रकाको कोठा नम्बर ७ बाट निःशुल्क रूपमा अनलाइन फारम भर्ने व्यवस्था पनि मिलाइएको सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले जनाए ।

कार्यालयद्वारा जारी सूचनामा शुल्क लिएर कुनै स्टेशनरी तथा साइबर पसलहरूलाई राष्ट्रिय परिचय पत्रका लागि अनलाइन फारम नभर्न/नभराउन पनि आग्रह गरिएको छ ।

सूचनाविपरीत कसैले शुल्क लिएर अनलाइन फारम भरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही हुने चेतावनी दिइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ