निमुखामाथि ललितपुर महानगरको अंकुश, पानीपुरी बिक्री गर्न रोक

समाचार

ललितपुर, १२ असार । ललितपुर महानगरपालिकाले हैजा नियन्त्रणका लागि भन्दै पानीपुरी बिक्रीवितरणमा रोक लगाएको छ ।

काठमाडौँ उपत्यकामा हैजा देखिएकाले ललितपुर महानगरको २९ वटै वडामा फैलिन नदिन पानीपुरीमा रोक लगाइएको हो । 

बाटोबाटोमा ठेला गाडामा पानीपुरी, चटपटे तथा पानी खाँदा रोग फैलने हुँदा नियन्त्रणका लागि ठेलागाडा पसल सञ्चालनमा रोक लगाइएको नगर प्रहरी प्रमुख सीताराम हाछेँथुले बताए ।

उनले भने, 'अहिले हावापानी दूषित छ, फोहर पानी खाँदा हैजा फलन सक्छ ।'

कतिपयले जारको भन्दै धाराको दूषित पानी खुवाउने गरेको पाइएको महानगरले जनाएको छ ।

हालका लागि सडकमा पानीपुरी र चटपटे बेच्न रोक लगाइएको हाछेँथुले बताए ।

महानगरले माइकिङ गर्दै २९ वटै वडामा जनचेतना फैलाउने काम गरिरहेको छ । स्वास्थ्यमा प्रतिकूल असर गर्ने क्रियाकलाप नियन्त्रण गर्नु आफ्नो कर्तव्य भएको महानगरले जनाएको छ । एक सातामा रोग नियन्त्रणमा नआए पानीपुरी विक्रिवितरणमा थप कडाइ गरिने हाछेँथुले जानकारी दिए । 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ