वीरगन्ज, १२ असार । जिल्ला अदालत पर्साको आयोजनामा कानून विषयका छात्रछात्राहरुलाई क्षमता वृद्धि र नियम कानुन सम्बन्धि जिल्ला न्यायाधीशले प्रशिक्षण दिएका छन् ।
वीरगञ्जमा रहेको वीरगञ्ज कलेजमा भएको कार्यक्रममा जिल्ला अदालत पर्साले न्यायिक बाह्य पहुँच सम्बन्धि कानूनको दायरामा कसरी अपराधीहरुलाई ल्याउने भन्ने विषयमा प्रशिक्षण गराइएको थियो ।
अदालत जनताको मौलिक हक र मानव अधिकारको रक्षकको रुपमा रहेको छ । आफ्नो अधिकारको खोजी गर्न नागरिक पनि सक्षम र सचेत रह्न प्रशिक्षणमा बताइएको थियो ।
यस्तो भएमा बिचौलियाहरुको अवैध भूमिकाहरु गर्न नपाइने न्यायपूर्ण समाजको स्थापना जस्तो कार्यमा सघाउ पुग्दै जाने जिल्ला अदालत पर्साका मुख्य न्यायाधीश धर्मराज पौडेलले जानकारी दिए ।
सहभागी विद्यार्थीहरुलाई जिल्ला अदालत पर्साले डोक्युमेन्ट्री मार्पmत कानून, न्याय, अपराधप्रति विशेष जानकारीहरु गराएका थिए । खासगरी अदालतमा आउने विवादका प्रकृति, देवानी र फौजदारी मुद्दाहरुलाई के कसरी न्यूनीकरण गर्ने विषयमा जोड दिएका थिए ।
न्यायिक बाह्य पहुँचको छलफलमा आम नागरिकलाई गर्न नहुने कामहरुप्रति प्रकाश पार्दै जातीय, भाषिक, साम्प्रदायिक वा लैङ्गिक जस्ता विषयहरुप्रति सचेतना गराइएको थियो ।
विरगञ्ज कलेजमा भएको कार्यक्रममा क्याम्पस प्रमुख दिपेन्द्र चौधरीले कानुन संकायमा अध्ययनरत् छात्रछात्राहरुलाई पर्सा जिल्ला अदालतबाट प्रशिक्षणको रुपमा सम्पूर्ण विषयहरुमा टेवा पु¥याउन बताएका थिए ।
तपाईको प्रतिक्रिया