मणि प्रसाद गैह्रे, कपिलवस्तु, १३ असार । कपिलवस्तु नगरपालिका वडा नं ८ मा निर्माण भएको दोहोनी सिंचाइ आयोजना संचालनमा आएको छ ।
पूर्वसिंचाइ राज्यमन्त्री सुरेन्द्रराज आचार्यले सोमबार एक कार्यक्रमका बीच सिंचाइ आयोजनाको उद्घाटन गरेका छन् ।
उद्घाटन गर्दै आचार्यले आफूले शिलान्यास गरेको योजना उद्घाटन गर्न पाउँदा खुशी व्याक्त गर्दै यस क्षेत्रका किसानहरुको कृषि उत्पादन वृद्धि हुनेमा विश्वस्त रहेको बताए ।
साथै जिल्लाका अन्य स्थानमा पनि यस्ता योजनाले निरन्तरता पाएको बताए । २०७४ बाट निर्माण सूरु गरिएको योजनाको सबै काम सम्पन्न गरिएको जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय कपिलवस्तुका प्रमुख पुरुषोत्तम उपाध्यायले बताए ।
७ करोड २० लाख ९६ हजार ३ सय ३४ रुपया लागतमा बाबुल राजन जे भि निर्माण सेवा रुपन्देहीले ठेक्का मार्फत योजना सम्पन्न गरिएको हो । योजना वाट ७ सय हेक्टर खेतियोग्य जमिन सिंचाई हुने समेत प्रमुख उपाध्ययाले बताए ।
योजना वाट कपिलवस्तु नगरपालिकाका वडा नं ७ र ८ का किसानहरु लाभानिन्त भएको वडा नं ८ का अध्यक्ष शिवकुमार पाण्डेयले बताए ।
कार्यक्रममा वडा नं ३ का अध्यक्ष पकाश गैरे किसान संघका जिल्ला अध्यक्ष चर्तुभुजमणी त्रिपाठी, दुर्गेश पाण्डेय लगायतले योजनाको रेखदेश र सहि सदुपयोग गर्नको लागि शुभकामना दिएका थिए ।
तपाईको प्रतिक्रिया