मोरङ, १३ असार । मोरङमा आठ किलो गाँजासहित तीन जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार आइतबार साँझ सुन्दरहरैचा नगरपालिका–५ मा शंकास्पद रुपमा हिंडिरहेका तीन युवकलाई नियन्त्रणमा लिएर चेकजाँच गर्दा उनीहरूका साथबाट ८ किलो गाँजा बरामद भएको हो ।
पक्राउ पर्नेमा धनकुटा जिल्ला साँगुरीगढी गाउँपालिका–८ का ३० वर्षीय सुरेन्द्र राई,२९ वर्षीय मिलन राई र २९ वर्षीय बाला राई रहेका छन् ।
उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया