जनकपुरधाम, १३ असार । मधेश प्रदेश सरकारले पहिलोपटक युवा महोत्सव आयोजना गर्ने भएको छ ।
प्रदेश महिला, बालबालिका युवा तथा खेलकुद मन्त्रालयले यही असार १५ र १६ गते दुई दिन युवा महोत्सव आयोजना गर्ने भएको हो ।
मन्त्री वीरेन्द्रप्रसाद सिंहका अनुसार ‘समुन्नत मधेश प्रदेशका लागि साझा अठोट’ नाराका साथ पहिलो मधेश प्रदेश युवा महोत्सव २०७९ आयोजना गरिने छ ।
महोत्सवमा मधेश मन्थन, मधेश जागरण, मधेश हदिया, सांस्कृतिक साँझका साथै मधेश मान तथा घोषणापत्र सार्वजनिक हुने उनले बताए ।
महोत्सव उद्योग वाणिज्य संघ जनकपुरमा हुनेछ । सम्पूर्ण युवा तथा सरोकारवालाहरूलाई सहभागिता जनाउन मन्त्री सिंहले आपिल गरेका छन् ।
युवामैत्री प्रदेश बनाउन सरकार प्रतिबद्ध रहेको र यसमा सरोकारवालाको हातेमालो आवश्यक रहेको उनले बताए ।
तपाईको प्रतिक्रिया