खोटाङ, १३ असार । कृषकलाई मल र बीउ उपलब्ध गराउन माग गर्दै राप्रपा खोटाङले कृषि ज्ञान केन्द्रमा धर्ना दिएको छ ।
अभावका कारण मर्कामा परेका किसानलाई तत्काल सर्वसुभल तरिकाले मल र बीउ उपलब्ध गराउन माग गर्दै राप्रपाले सोमबार दिउँसो १ बजेदेखि २ बजेसम्म ज्ञान केन्द्रमा धर्ना दिएको हो ।
देशव्यापी जनसंघर्ष, ज्ञापन–पत्र तथा धर्ना कार्यक्रमअन्तर्गत राप्रपाका नेता तथा कार्यकर्ताले कालो व्यानर बोकेर झण्डै एक घण्टा केन्द्रको गेटमा बसेर धर्ना दिएका थिए । एकातिर कृषि सामग्रीको अभाव तथा अर्कोतिर चर्को मूल्य वृद्धि हुँदा किसानको खेतीपातीको काम नै अड्किएकाले विरोधमा उत्रनु परेको राप्रपा खोटाङका अध्यक्ष ललितकुमार राईले बताए ।
तपाईको प्रतिक्रिया