चालकलाई कुटपिट गरी तीन जना कार लिएर फरार

समाचार

कैलाली, १३ असार । प्रदेश ३–०१–०२३ च ८७२१ नम्बरको कारका चालक कञ्चनपुर बेदकोट नगरपालिका–३ बस्ने ३७ वर्षीय लोकेन्द्र भण्डारीलाई अपरिचित तीन जनाले कुटपिट गरी कार लिएर फरार भएका छन् ।

कञ्चनपुर भिमदत्त नगरपालिकाबाट डडेलधुरा आलितालतर्फ जाँदै गरेको उक्त कार कैलाली गोदावरी नगरपालिका–४ गाईमारेमा आईपुग्दा भिमदत्त नगरपालिकाबाटै सोही कारमा खानीडाँडासम्मको लागि लिफ्ट मागी आइरहेका ती ३ जनाले चालकलाई फोटो खिच्ने बहानामा सडकदेखि ५० मिटर तल लगेर कुटपिट समेत गरी उनको मोबाइल, पर्स र कार समेत लिएर फरार भएका थिए ।

खोजी गर्ने क्रममा उक्त कार गोदावरी नगरपालिका–४ स्थित शान्तिनगर जाने भित्री सडकमा फेला परेको छ । घटनामा संलग्न व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ