विद्यार्थीहरुलाई शैक्षिक सामग्रीलगायतका सामान वितरण

समाचार

काठमाडौं, १५ असार । सिन्धुपाल्चोकमा सेयरिङ लभ नेपालले १५० जना विद्यार्थीलाई स्टेशनरी सामग्री लगायत विभिन्न सामानहरु वितरण गरेको छ ।

आइतबार सिन्धुपाल्चोकको कोठे ७ सुनकोशी गाँउपालिकामा रहेको जल्पा माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई स्टेशनरी सामग्री वितरण गरेको हो ।

सेयरिङ लभ नेपालका अध्यक्ष समिर श्रेष्ठले विद्यालयमा भएका विद्यार्थीलाई स्टेशनरी सामग्री कापि किताब, पेन पेन्सिल, चाउचाउ, बिस्कुट, साबुन, सरफ र खेलकुदका साम्राग्रीहरु वितरण गरिएको बताए ।

विद्यालयको शैंचालय अवस्था जिर्ण देखिएकोले सेयरिङ लभ नेपालले विभिन्न सहयोग गर्नुका साथै शौचालयको अवस्था हेरेर नयाँ तरिकाले बनाउने घोषणा समेत गरिएको छ ।

यस संस्थाले विगत ४ बर्ष देखि सामाजिक कार्यहरु गर्दै आएको छ । साथै विद्यार्थीहरुको लागी स्टेशनरी समानहरु वितरण गरिरहेको छ ।

जाल्पा माध्यमिक विद्यालयमा दायनिय अवस्था रहेका ५ जना विद्यार्थीलाई सेयरिङ लभ नेपाल सामाजिक संस्थाले १ देखि १० कक्षा सम्म विधार्थीको लाग्ने सबै शुल्क तिरिदिने घोषणा गरेको अन्तर्राष्ट्रिय सम्मानित तथा रास्टीय समाजसेवि प्रकाशमणी राउतले जानकारी दिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ