संघीय सरकारको कुदृष्टिका कारण मधेश सरकारले प्रदेश प्रहरी भर्ना सकिरहेको छैन : मुख्यमन्त्री राउत

समाचार

जनकपुरधाम, १५ असार । मधेश प्रदेशका मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले प्रदेश प्रहरी भर्नामा संघीय सरकारको कुदृष्टि रहेको बताएका छन् ।

उनले मधेश सरकारले प्रदेश प्रहरीमा भर्ना गर्न अगाडी बढे पनि संघ सरकारको कृदृष्टिका कारण हालसम्म सफल हुन नसकेको बताएका हुन् ।

उनले प्रहरी , प्रदेश निजमति लगायतका सेवमा छिट्टै भर्ना हुने विश्वास समेत दिलाए ।

मधेश सरकार, महिला बालबालिका युवा तथा खेलकुद मन्त्रालयले जनकपुरधाममा बुधबार आयोजना गरेको प्रथम मधेश प्रदेश युवा महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री राउतले यस्तो कुरा बताएका हुन् ।

उनले मधेशका युवाहरुको समुचित व्यवस्थापनका लागि मधेश सरकार अग्रसर रहेको बताउँदै प्रदेशको विकासको मुलआधार रहेको युवाहरुको समुचित व्यवस्थापनका लागी प्रदेश सरकार अग्रसर भएको उल्लेख गरे ।

मुलुकमा उचित रोजगारीको व्यवस्थापन हुन नसक्दा युवाहरु खाडी मुलुकमा जान बाध्य रहेको जिकिर गर्दै उनले प्रदेशमै रोजगारी सृजनाको लागि पहल भइरहेको बताए ।

सरकारी रोजगारीले मात्र वेरोजगारीको समस्या समाधान हुने अवस्था नरहेकोले प्रदेश सरकार उद्योग धन्धाका साथै स्वरोजगारका कार्यक्रमहरुलाई समेत प्राथमिकतामा राखेर अघि बढेको उनको भनाई थियो ।

युवाहरु सकारात्मक कदमले मात्र मधेश वा देश को विकास सम्भव रहेको मुख्यमन्त्री राउतले धारणा राखे ।

महिला बालबालिका युवा तथा खेलकुद मन्त्री विरेन्द्र प्रसाद सिंहको अध्यक्षतमा भएको उक्त युवा सम्मेलनको उद्घाटन सत्रमा गृहतथा संचार मन्त्री भरत प्रसाद साह, प्रदेश सभा सदस्य मंजु यादव, जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ, युवा अभियन्ता विकास ठाकुर सहितका वक्ताहरुले शुभकामना मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ