काठमाडौँमा १४ जनामा हैजा देखियो

समाचार

काठमाडौँ, १५ असार । काठमाडौँ उपत्यकामा १४ जनामा हैजा देखिएको छ ।

गृह मन्त्रालयमा आज आयोजित मौसम पूर्वतयारी तथा प्रतिकार्य बैठकमा इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले १४ जनामा हैजा देखिएको र उहाँहरू उपचारपश्चात् घरफर्कनु भएको जानकारी दिएका छन् ।

हैजाका दुई बिरामीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ । उनीहरूको अवस्था सामान्य छ । हैजाका पहिलो बिरामीको अवस्था अत्यन्त जटिल देखिएपछि सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार गरिएको उनले जानकारी दिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ