बंगलादेश र पाकिस्तानमा अल्पसंख्यकको सुरक्षामा अन्तर्राष्ट्रिय हस्तक्षेपको माग

समाचार

काठमाडौँ, १६ असार । राष्ट्रिय एकता अभियानले बंगलादेश र पाकिस्तानमा रहेका अल्पसंख्यकको सुरक्षामा अन्तर्राष्ट्रिय हस्तक्षेपको माग गरेको छ ।

बंगलादेशमा नाराइल सदर उप जिल्लास्थित मिर्जापुर यूनाइटेड कलेजका प्रिन्सिपललाई हिन्दू भएकै कारण जुत्ताको माला लगाइएको भन्दै राष्ट्रिय एकता अभियानको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अभियानले बिहीबार विज्ञप्ति जारी गर्दै साे घटनाप्रति दु:ख ब्यक्त गरेकाे हाे ।

बंगलादेश र पाकिस्तानमा हिन्दुत्व विरोधी जिहादी घटनाहरू पटक पटक हुनुले ती सरकारहरू हिन्दूहरूको सुरक्षाको विषयमा अति गैरजिम्मेवार रहेको देखिएकाे अभियानका अध्यक्ष विनय यादवले बताए । उनले विज्ञप्ति जारी गर्दै भनेका छन्, "ती सरकारहरूले जिहादीहरूको गतिविधिमा रोक लगाउन अक्षम देखिएको हुनाले राष्ट्रिय एकता अभियान पाकिस्तान र बङ्लादेशका अल्पसंख्यक हिन्दूहरूको सुरक्षाको लागि ती मुलुकहरूमा अन्तर्राष्ट्रिय हस्तक्षेपको माग गर्दछ ।"

त्यस कलेजको एक छात्रले भाजपा नेत्रृ नूपुर शर्माको फोटो फेसबुकमा पोस्ट गरेको थियो । कलेजमा त्यस छात्रलाई केही मुस्लिम छात्रहरूले पोस्ट डिलिट गर्न डरधम्की देखाई दबाव दिएका थिए । यसमा प्रिन्सिपलले छात्रको पक्ष लिएको भन्दै छात्रहरूले दुई शिक्षकहरूको मोटरसाइकलमा आगो लगाएका थिए । यसपछि ती छात्रहरू र स्थानीयहरूले धर्मको अपमान गरेको आरोप लगाउँदै प्रधानाध्यापक स्वपन कुमार विश्वासलाई जुत्ताको माला लगाई अपमान गरेको विज्ञप्तिमा आरोप लगाइएको छ ।

Download Attachment

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ