प्रदेशसभाको बैठक २० गते

समाचार

जनकपुरधाम, १७ असार । मधेश प्रदेश सभाको बैठक असार २० गते बस्ने भएको छ । बैठक २० गते दिउँसो १ बजेका लागि बोलाइएको प्रदेश सभा सचिवालयका सचिव रंजित यादवले जानकारी दिए ।

असार १ गते बजेट प्रस्तुत गरेपछि प्रदेश सभाको बैठक अर्काे सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको थियो । प्रदेश सभा सचिवालयका सचिव यादवका अनुसार २० गतेको बैठकमा बजेटमाथि छलफल हुनेछ ।

केही विधेयकमा छलफलसमेत हुने उनले बताए । १ असारमा अर्थमन्त्री शैलेन्द्र साहले आगामी आर्थिक बर्ष २०७९÷८० का लागि रु ४६ अर्ब ८८ करोड ९ लाख ४६ हजारको बजेट प्रस्तुत गरेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ