काठमाडौं, १७ असार । जसपाले केन्द्रीय समितिको बैठक बोलाइको छ । असार २७ र २८ गते बस्ने गरी बैठक आह्वान गरिएको छ ।
बैठक वीरगन्जमा बस्नेछ । दुई दिनसम्म चल्ने उक्त बैठकमा पार्टी विभाजनको विषय मुख्य एजेन्डा बन्ने बुझिएको छ ।
यस्तै, स्थानीय तह निर्वाचनको समीक्षा, गठबन्धन, सरकारमा दलको कार्यसम्पादन र प्रदेश र प्रतिनिधिसभाको आउँदो निर्वाचनलगायत विषयमा छलफल हुने बुझिएको छ । बैठकमा बाबुराम पक्ष उपस्थित हुन्छ÷हुँदैन भन्ने खुलाइएको छैन ।
तपाईको प्रतिक्रिया