बारा, १७ असार । बाराको सुवर्ण गाउँपालिका-७ मा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ ।
चट्याङ लागेर २० वर्षीय धिराज प्रसाद यादववको शुक्रबार दिउँसो मृत्यु भएको हो ।
खेतमा काम गरिरहेको अवस्थामा उनलाई चट्याङ लागेको थियो भने सँगै काम गरिरहेका अन्य दुई जना भने गम्भीर घाइते भएका छन् ।
सुवर्ण गाउँपालिका-७ बस्ने २८ वर्षीय नेतालाल पण्डित र सोही स्थान बस्ने भरोस यादवको ८ वर्षीय छोरी रुवी कुमारीकाे स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेकाे प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया