काठमाडौं, १७ असार । जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झालाई विलप्व नेतृत्वको माओवादीका विद्यार्थी संगठन अखिल क्रान्तिकारीले कारबाही गरेको छ ।
शुक्रबार अखिल (क्रान्तिकारी)का नेताहरु निर्देशक झाकै कार्यकक्षमा प्रवेश गरी कालोमोसो दलेका छन् ।
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिले ६ बुँदे कारण देखाउँदै जनक शिक्षाका प्रबन्धक निर्देशक झालाई कारबाही किन नगर्ने भनी कालोमोसो दलेको हो ।
क्रान्तिकारीले देशैभरि सरकारी विद्यालयहरुमा पाठयपुस्तकको चरम किर्तिम अभाव गराएको, राजधानीमै पाठयपुस्तकको चरम अभाव गराएको, जनक शिक्षा सामाग्री केन्द्रमा लामो समयदेखि चरम भ्रष्टाचार गरेको, कागज खरिदमा चरम अनियमितता गरेको, निजि दलाल शैक्षिक संस्थासंग मिलेर जनक शिक्षा सामाग्री केन्द्र डुवाउने खेलमा लागेको र जनताका छोराछोरीको भविष्य माथी चरम खेलवाड गरेको आरोप लगाएको छ ।
तपाईको प्रतिक्रिया