पत्रकार कल्याण कोषलाई मटिहानी नगरपालिकाद्वारा एक लाख प्रदान

समाचार

महोत्तरी, १७ असार । जिल्लाको मटिहानी नगरपालिकाले नेपाल पत्रकार महासंघ मधेश प्रदेशको पत्रकार कल्याण कोषका लागिरु एक लाख प्रदान गरेको छ ।

सो रकम बराबरको चेक नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डलले महासंघ प्रदेश अध्यक्ष राजेश कुमार कर्णलाई हस्तान्तरण गरेका हुन् ।

मटिहानी नगरपालिकाले आगामी आर्थिक वर्षको बजेटमा पनि सञ्चारकर्मीहरुको क्षमता अभिवृद्धिका लागि विभिन्न कार्यक्रमहरु ल्याएको छ ।

नगरप्रमुख मण्डल आफै पनि पत्रकारिता क्षेत्रबाटै आएकोले पत्रकारहरुका लागि आफूले सक्दो सहयोग र प्रयास गर्ने प्रतिबद्धतासमेत जाहेर गरिसकेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ