बाँके, १८ असार । नेपालगंज उपमहानगरपालिका–१६ जयसपुरबाट करिब १५ ग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थसहित युवक पक्राउ परेका छन् ।
बैजनाथ गाउँपालिका–३ सिमलघारी बस्ने ३० वर्षीय अमन रोकामगरलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
रुपैडिहाबाट नेपालगंजतर्फ आउँदै गरेका उनलाई ईलाका प्रहरी कार्यालय जयसपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको छ ।
तपाईको प्रतिक्रिया