बाँके, १८ असार । कोहलपुर नगरपालिका–११ बसपार्कस्थित सडकमा प्रदेश १–०२००१ ख ९२२९ नम्बरको ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।
बर्दिया ठाकुरबाबा नगरपालिका–१ भुरीगाँउ बस्ने तारा देबी बोहराकी छोरी १२ वर्षीया सिमा बोहराको शनिबार बिहान मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तपाईको प्रतिक्रिया