मोरङ, १८ असार । विराटनगर महानगरपालिका–३ बस्ने एक व्यक्तिलाई डरधम्की दिई फिरौती रकम माग गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
शुक्रबार पक्राउ पर्नेहरुमा सोही महानगरपालिका–४ कञ्चनबारी बस्ने पथरीशनिश्चरे नगरपालिका–६ घर भएका ३९ वर्षीय गणेश कुमार कार्की र पथरीशनिश्चरे नगरपालिका–६ बस्ने २६ वर्षीय विशाल ऋषिदेव रहेका छन् ।
कार्कीले गत जेठ ३१ गते चिठ्ठी र फोन मार्फत पटक–पटक डरधम्की दिई फिरौती माग गर्ने गरेको र पीडितले शुक्रबार आएमईमार्फत पठाएको २५ हजार रुपैयाँ सहित विशाललाई थरीशनिश्चरे नगरपालिका–६ हसन्दहस्थित आएमइबाट प्रहरीले पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया