काठमाडौं, १९ असार । विगत लामो समयदेखि पत्रकारितामा क्रियाशील वीरेन्द्र केएमले सुनसरी क्षेत्र नम्बर २ बाट संसदीय चुनाव लड्ने घोषणा गरेका छन् ।
सुनसरीस्थित देवानगंज १ मध्यहर्षाहीका स्थायी बासिन्दा रहेका केएम पछिल्लो ३÷४ वर्षदेखि संसदीय चुनावको तयारी गरिरहेको जनाएका हुन् । विभिन्न प्रोजेक्टमार्फत उनी यस क्षेत्रमा क्रियाशील रहेका छन् ।
देवानगंजदेखि इटहरीसम्म विभिन्न पालिकाका ३० ओटा वडाका गरि लगभग १ लाख मतदाता रहेको उक्त क्षेत्रको प्रदेशसभामा १८ ओटा वडा र लगभग ५० हजार मतदाता रहेका छन् ।
यस क्षेत्रबाट संघीय संसदमा नेपाली कांग्रेसका सिताराम मेहता, प्रदेश (क) मा नेकपा एमालेमका सर्वध्वजसावाँ लिम्बु प्रदेश (ख) मा कांग्रेसका राजिव कोइराला निर्वाचित भएका थिए ।
देवानगंज, इनरुवा र रामधुनी÷इटहरी यस क्षेत्रको मूल राजनीतिक केन्द्रहरु छन् । देवानगंज गाउँपालिकाको सातवटै वडा, हरिनगरको एउटा वडा गौतमपुर, इनरुवाको ६ ओटा वडा, रामधुनीको ६ ओटा वडा र इटहरीको १० ओटा वडा सुनसरी २ को संघीय क्षेत्रमा पर्दछ । जातीय रूपमा यस क्षेत्रमा मेहता र केहि थारु तथा गैरमधेशी समुदायको बसोबास रहेका छन् ।
दक्षिणी क्षेत्रको जोडदार रुपमा कुरा उठाउने गरेका केएमले दक्षिणी भेगको मूल समस्यालाई समाधान गराउन निकै क्रियाशील देखिएका छन् । देवानगंगमा केएमको प्रत्यक्ष पहलमा २ थान एम्बुलेन्स १ थान दमकल देवानगंज पु¥याइसकेका छन् भने उनले विभिन्न विकासे योजनाहरु यस क्षेत्रमा पु¥याउने गरेका छन् ।
सिभिल मिडिया एण्ड रिसर्च सेण्टरका अध्यक्ष समेत रहेका केएम दुई दशकदेखि पत्रकारितामा क्रियाशील छन् । पछिल्लो समय पालिका केन्द्रित विभिन्न कार्यक्रमसहित स्थानीय पाठ्यक्रम तथा पाठ्यसामग्री विज्ञको रूपमा समेत क्रियाशील रहेका केएम काठमाडौंकेन्द्रित विभिन्न राष्ट्रिय मिडियाहरुसहित पछिल्लो १५ वर्षदेखि नेपाल संवाददाताको रूपमा भारतीय मिडियामा स्थापित छन् ।
नेपाल मामिलामा विभिन्न भारतीय मिडियाहरुमा नेपालको पक्षबाट कडा जवाफ दिँदै आएका केएमले आफूलाई राष्ट्रवादी, स्वाधीनतावादी पत्रकार÷एक्सपर्टको रूपमा स्थापित गरेका छन् । उनी एबिपि न्यूज ईन्डियाको नेपाल संवाददाता र नागरिक टाइम्सका सम्पादक समेत हुन् ।
‘सुनसरीको दक्षिणीभेगलाई समस्या मुक्त गर्न र मात्र भोटबैंक बन्न नदिन मैले यस भेगबाट संसदीय राजनीति गर्न चाहेको हूूँ,’ उनले भने, ‘मेरा बाउ÷बाजे उमेरका अग्रजहरु प्रजातन्त्रका नाममा कांग्रेसमा भावनात्मक रूपमा लागि त रहे तर उहाँहरुका भावनासँग सदैव पार्टी नेतृत्वबाट खेलवाड हुँदैआएको छ, अहिलेसम्म कांग्रेसले दक्षिणी भेगका कसैलाई पनि सांसदको टिकट लगायत उच्च स्थान दिएका छैनन् । तसर्थ पनि मैले कांग्रेसबाटै संसदीय राजनीति गर्न खोजेको हूँ ।’
उनले भने, ‘म कांग्रेसमा आवद्ध मात्र छु, सामान्य क्षेत्रीय प्रतिनिधि हुँ, कुनै ठूलो पदमा छैन, यद्यपि मलाई विश्वास छ कांग्रेसले मलाई सम्मान गर्नेछ । किनकी म एक स्थापित पत्रकार हुँ, आफ्नो कैरियरलाई दाउमा राखेर पार्टीमा अवद्ध भएको छु ।’
देशको ठूला प्रायः सबै नेताहरूसँग उठबस रहेका केएमले सुरुदेखि नै संसदीय राजनीतिमा जोड दिँदै आएका छन् भने प्रदेश मजबुत हुनुपर्ने ऐनकानून बन्नुपर्ने बताउँदै आएका छन् । विभिन्न लेख रचना तथा सामाजिक संजाल मार्फत आफ्नो धारणा सार्वजनिक गर्दैआएका केएम समाजिक संजालका एक चर्चित पात्र हुन् ।
आफ्नो उम्मेदवारी घोषणा गर्दे उनले केहि दिन अघि आफ्नो फेसबुकमा लेखेका छन् :
पुर्वत घोषणा अनुसार यसपालीको संघरप्रदेश अर्थात ३संसदीय चुनावमा सुनसरी क्षेत्र नम्बर २ बाट मैले पनि उम्मेदवारी दिने निर्णयमा पुगेको छु । म आवद्ध रहेको दल ३नेपाली कांग्रेसका नेतृत्वसँग आग्रह पनि छ 'अब हामी युवालाई स्थान दिनुस् । किनकि जनता अब परिवर्तन चाहेका छन् र दक्षिणीभेगले पनि आफ्नै नेता पनि खोजेका छन् । अहिलेसम्मको इतिहासमा नेपाली कांग्रेसमा सुनसरी स्थित दक्षिणीभेगका न कसैले टिकट मागेका छन् । न कसैलाई टिकट दिएका छन् ।
त्यसैले अब उम्मेदवारी दिने पालो दक्षिणीभेगको पनि हो र देवानगंजबाट उम्मेदवार म हूँ ।
देवानगंजदेखि इटहरीसम्म संघीय क्षेत्रको ३०ओटा वडा र प्रदेश क्षेत्रको १८ वटा वडाले मतदान गर्ने यस क्षेत्रमा जम्मा ३ ओटा संसदीय उम्मेदवार मध्ये यसपटक एक जना इटहरी/रामधुनीबाट, एक जना इनरुवा/जल्पापुरबाट र अर्को देवानगंज/गौतमपुरबाट उम्मेदवार प्रस्तूत हुनुपर्ने मेरो तर्क छ ।
पिछडिएको भनिएको दक्षिणीभेगको आमुल उथ्थानका लागि मेरो संघर्ष रहनेछ भने यस क्षेत्रका सम्पुर्ण जनताको सक्षम सेवकको रूपमा म प्रस्तूत हुनेछु । अनि बिना स्वार्थको मेरो राजनीतिक सेवा रहनेछ किनकि जीवनमा मलाई कुनै कुराको अभाव छैन ।
ग्रामीण कष्टकर जीवनदेखि जेल÷नेल दुखस् कष्ट भोग्दै समग्रमा संघर्ष गर्दै देशको राजनीतिक मूटु काठमाडौंमै शहरीया आलिसान जीवनसम्मको आनन्द सहित देश/विदेशको राजनीतिक/कुटनैतिक अनुभव समेत बटुल्दै ३८ वर्षे यो उमेरसम्ममा मैले आफ्नो ब्यक्तिगत सबै चाहना पुरा गरिसकेको छु ।
अब केवल एउटा चाहना बाँकी छ, त्यो हो आम जनताबाट जिम्मेवारी लिएर नागरिकको सेवा गर्नु र देशको सार्वभौम सत्ता/स्वाधीनतालाई अक्षुण राख्दै संविधानमा लेखिएको संघीय लोकतान्त्रिक गणतन्त्रको जनमानसमा अनुभुती दिलाउनु । आफ्नो समाज, क्षेत्र, प्रदेश र देशको सेवा गर्नु । २१ वर्षसम्म पत्रकारितासँगै मैले गरेको समाजसेवा जगजाहेर नै छ ।
सांसदको काम देशको निति÷रणनीति बनाउनु हो, आफ्नो क्षेत्रको समग्र विकास गराउनु हो । संविधानमा लेखिएको जनताका अधिकारहरु स्थापित गराउनु हो र त्यसको लागि म योग्य/सक्षम छु ।
नमस्कार, जय नेपाल
तपाईको प्रतिक्रिया