सप्तरीको २६४ वर्ष पुरानो लक्ष्मीनारायण मन्दिर व्यवस्थापनका लागि मधेशी आयोगले पहल गर्ने

समाचार

सप्तरी, १९ असार । मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले सप्तरीको बलान बिहुल गाउँपालिकामा रहेको २५० भन्दा बढी पुरानो लक्ष्मीनारायण मन्दिरको सौन्दर्यीकरण, उचित व्यवस्थापन तथा विश्व सम्पदा सूचीमा सूचीकृत गर्न आयोगले विशेष पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मधेश प्रदेशको ग्रामीण जिल्लाको अनुगमनका क्रममा रहेका डा. दत्तले आज बलान बिहुल गाउँपालिकाको मौवाहा गाउँमा मन्दिर व्यवस्थापन कार्यसमितिका पदाधिकारीसहित स्थानीयसँगकाे भेलामा मन्दिरलाई आवश्यक सहयोग, व्यवस्थापन तथा सौन्दर्यीकरण गर्न आयोगले नै मुख्य भूमिका खेल्ने बताए  ।

मन्दिरको व्यवस्थापनका लागि आफूले एक चरणको काम गरिसकेको र बाँकी काम आयोगले यथाशीघ्र गर्ने उनले बताए ।

छलफलमा नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झा पनि उपस्थिति रहेका थिए ।
अध्यक्ष डा. दत्तको मधेश प्रदेशको विभिन्न ग्रामीण भेग पुगेर स्थानीयसँग भेट गरी समस्याको जानकारी लिने कार्यक्रम रहेको तथा स्थानीय जनप्रतिनिधिलाई देखा परिएका समस्याहरुलाई तुरुन्त प्रभावकारी ढंगले समाधान गर्ने कार्यक्रम रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ