हरेक उत्पादनमा अनुदान दिनुपर्ने किसानहरूको माग

समाचार

जनकपुरधाम, १९ असार । किसान तथा सरोकारबालाहरूले हरेक उत्पादनमा अनुदान दिनुपर्ने माग गरेका छन् ।

आइतबार धनुषाामा भएको सहकारी संघसंस्था तथा सरोकारबालाहरूसँगको अन्तर्क्रियामा सहभागीहरूले यस्तो बताएका हुन् ।

उनीहरूले उत्पादनमा अनुदान दिएमा मुलुक कृषिमा आत्मिर्भर हुनुका साथै कुषि उपजमा हुने व्यापार घाटा न्यून गर्न सहयोग पुग्ने पनि बताए । 

कार्यक्रममा मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजयकुमार यादव, राज्यमन्त्री याेगेन्द्रराय यादवले मधेश प्रदेशमा कृषिकाे आधुनिकीकरण, व्यावसायीकरण र बजारीकरणलगायत कृषकको हितमा गरेको कामबारे चर्चा गरेका थिए । 

कार्यक्रममा सहभागी किसानहरूले समयमा बीउ र मल पाउन नसकेको गुनासो गरेका थिए ।

कृषकलाई अनुदान छिटै उपलब्ध गराउन पनि माग गरे ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ