सप्तरीमा राष्ट्रिय महिला कबड्डी प्रतियोगिता हुने

समाचार

फाइल फोटो

सप्तरी, १९ असार । सप्तरीमा सोमबारदेखि राष्ट्रिय महिला कबड्डी प्रतियोगिता हुने भएको छ ।

जिल्ला कबड्डी सङ्घको आयोजनामा तीन दिनसम्म सञचालन हुने प्रतियोगिताको विजेता र उपविजेतालाई पुरस्कृत गरिने प्रतियोगिता मूल व्यवस्थापन समितिका संयोजक अरबिन्दकुमार झाले जानकारी दिए ।
अखिल नेपाल कबड्डी सङ्घका कोषाध्यक्ष समेत रहेका झाका अनुसार यो प्रतियोगिता राजविराज नगरपालिका–८ स्थित राधाकृष्ण मन्दिरको परिसरमा सञ्चालन हुने छ ।

प्रतियोगितामा देशभरका नौ टोलीको सहभागिता हुने छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ