बाँके, १९ असार । बैजनाथ गाउँपालिका–१ हात्तीसारको मोडबाट करिब ३ किलो ५ ग्राम अवैध लागूऔषध अफिम जस्तो देखिने धुलो पदार्थ सहित जाजरकोट नलगाड नगरपालिका–३ बस्ने २५ वर्षीय गोपाल रोकायलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
भे.७ प ८६७७ नम्बरको मोटरसाइकललाई प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार गोपालको झोलामा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।
साथै मोटरसाइकल सहित फरार मोटरसाइकल चालक जाजरकोट नलगाडा नगरपालिका–३ बस्ने २५ वर्षीय मेख राज बिष्टको प्रहरीले खोजी गरिरहेको छ ।
तपाईको प्रतिक्रिया