आगलागीबाट पाँच लाख ७५ हजारभन्दा बढीको धनमाल जलेर नष्ट

समाचार

धनुषा, १९ असार । मिथिला बिहारी नगरपालिका–१० ठेरा चौक बस्ने जय शंकरनाथ झाको घर र पोली ग्रिन हाउसमा फलामको डण्डीको घर बनाउने क्रममा आगलागीबाट लाखौंको क्षति भएको छ ।

बेल्डीङ मेसिनबाट निस्केको आगोको झिल्काबाट शनिबार दिउँसो घरभित्र रहेको सामान जलेर करिब ५ लाख ७५ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रहरी, दमकल र स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ